बाग्लुङ– २ मा फिल्डमा भिड्दै तरुण नेता शेरचन, ४८ वडामा सामग्रीहरू वितरण
बाग्लङ । नेपाली कांग्रेस तरुण विभागका केन्द्रीय सदस्य अर्जुन शेरचनले बाग्लुङ जिल्लामा कोरोना महामारीका बेला जनतालाई स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउनका लागि स्वास्थ्य सामग्रीहरू वितरण गरेका छन् ।
कांग्रेसका युवा नेता समेत रहेका शेरचनले कोरोना महामारीबाट बच्नका लागि भन्दै बाग्लुङ जिल्लाको क्षेत्र नं. २ मा स्वास्थ्य सामग्रीहरू तिवरण गरेका हुन ।
‘मैले स्वास्थ्य सामग्रीहरू ल्याएर क्षेत्र नं. २ का सबै वडाहरूमा वितरण गरेको छु’, नेता शेरचनले भने, ‘स्वास्थ्य मापदण्ड अपनाउन सहज र सजिलो होस भनेर जनचेतनाका लागि स्वास्थ्य सामग्रीहरू वितरण गरेको हुँ ।’
कांग्रेस नेता शेरचनले विपतका बेला कांग्रेस र कांग्रेसका नेता कार्यकर्ताहरू जनताको जीवन बचाउन आफूले सक्ने सहयोग गर्छन् भन्ने सन्देश आफूले दिएको बताए ।
‘हामीले जनताको जीवन बचाउन सहयोग गर्नुपर्छ’, उनले भने, ‘सरकारको मात्रै मुख ताक्ने होइन । हामी सबैले आ–आफ्नो ठाउँबाट कोरोना महामारीबाट बच्न सबै प्रयास गर्नुपर्छ ।’
तरुण विभाग सदस्य शेरचनले कोरोनाविरुद्धको खोप ल्याएर सबै जनतालाई छिटोभन्दा छिटो लगाइदिन पनि माग गरेका छन् । उनले कोरोनाविरुद्धको खोपले नै जनताको जीवन कोरोनाबाट बचाउन सकिने उल्लेख गरेका छन् ।
यो क्षेत्रमा ४८ वडाहरू छन् । ती सबै वडाहरूमा मास्क, पीपीइ सेट, सेनिटाइजर, ग्लोब्स, थर्मल गन, औषधि लगायतका स्वास्थ्यसम्बन्धी सामग्री वितरण गरेका छन् ।
युवा नेता शेरचन ढोरपाटन नगरपालिकाको मेयर पदमा प्रत्यासी बनेका थिए ।
स्वास्थ्य सामग्री वितरण कार्यक्रममा कांग्रेस नेता एवम् प्रदेश सभाका उम्मेदवार जितबहादुर शेरचन, प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति नरजंग घर्ती मगर र नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तिलबहादुर अधिकारीको विशेष उपस्थिति रहेको थियो ।
कांग्रेस नेता शेरचनले यसअघि पनि विभिन्न सहयोग गर्दै आएका छन् । कांग्रेसका नेता कार्यकताको संरक्षण र समस्या परेका बेला शेचरन जोखिम मोलेर जहिले पनि अग्रपंक्तिमा उभिएर जनताको सेवामा लाग्ने गर्छन् ।




बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया