सीडीओको अनुमतिले उत्पात मच्चाउने ज्वाला ‘ग्याङ’को निद हराम

काठमाडौं । आफूलाई कथित सामाजिक अभियन्ता बताउने टीका संग्रौला उर्फ ज्वाला संग्रौलासहित तीन जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय (सीडीओ) काठमाडौंले अनुमति दिएको छ ।

अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी अशोक सिंहले जानकारी दिएका छन् । संग्रौलासँगै हिमाल उपाध्याय र शर्मिला वाइबा पनि पक्राउ परेका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ परेका तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न असार ७ गते प्रहरीलाई तीन दिनको समय दिएको थियो ।

युवा संघकी केन्द्रीय सदस्य खुश्बु घिमिरेले आफूमाथि संग्रौलाको समूहले प्रहरी कार्यालयभित्रै कुटपिट गरेको गरेको भन्दै उजुरी दिएकी थिइन् ।

प्रहरीले उनीहरूलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको छ । उनीहरूमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।

संग्रौलाको समूहमाथि जातीय विभेद र सरकारी कागजात कीर्ते गरेको विषयमा पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

घिमिरेमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको भन्दै प्रहरीमा उजुरी पुगेको थियो ।

संग्रौलाको समूहले अघिल्लो महिना महानगरीय ट्राफिक प्रहरी प्रभाग, महाराजगञ्जका असई मणिकान्त झामाथि समेत प्रहरी कार्यालयभित्रै पुगेर जातीय र साम्प्रदायिक विभेद हुने अभिव्यक्ति दिएका थिए ।

Published : Friday, 2021 June 25, 12:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया