कांग्रेस नेता खाणको समन्वयमा भीम अस्पतालले पायो ५ थान कन्सन्ट्रेसन

भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बालकृष्ण खाणले रुपन्देहीको भैरहवामा रहेका भीम अस्पताललाई ५ थान अक्सिजन कन्सन्ट्रेसन उपलब्ध गराएका छन् ।

नेता खाणको आग्रहमा गैर आवासीय नेपाल संघ (एआरएन)ले ५ वटा अक्सिजन कन्सन्ट्रेसन उपलब्ध गराएको हो । हस्तान्तरण गरिएका १० लिटरको अक्सिजन कन्सन्ट्रेसनले कोरोना महामारीका बेला उपचारमा सहयोग मिल्ने नेता खाणको निजी सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले भीम अस्पताल विकास समिति भैरहवाका अध्यक्ष नारायणप्रसाद भण्डारीलाई हस्तान्तरण गरेका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष भण्डारीले स्रोत जुटाएर कांग्रेस नेता खाणलाई अक्सिजन कन्टसन्ट्रेसन उपलब्ध गराइदिएकोमा धन्यावाद दिएका छन् ।

रुपन्देही कांग्रेसका सभपाति रज्जाकले कोरोना महामारीका बेला कांग्रेसले सक्दो सहयोग गर्ने भन्दै नेता खाणको पहलमा अक्सिजन कन्सन्ट्रेसन भीम अस्पताललाई पठाएर पूण्यको काम गरेको बताए ।

‘कांग्रेस जनताको सेवा गर्न हरदम तयार छ’, सभापति रज्जाकले भने, ‘अक्सिजन कन्सन्ट्रेसन उपलब्ध गराइदिएर कांग्रेस नेता बालकृष्ण खाणज्यू र एनआरएनएलाई विशेष धन्यावाद छ ।’

कांग्रेस नेता खाणले कोरोना महामारीका बेला गृहजिल्ला रुपन्देहीमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेदेखि विभिन्न खालका सहयोग गर्दै आएका छन् ।

Published : Wednesday, 2021 June 23, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया