प्रहरीका ५७ जना डीएसपीहरूको सरुवा, कसको कहाँ सरुवा ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरूवा गरेको छ ।

मंगलबार प्रधान कार्यालयले एक वर्ष कार्यअवधि पुगेका काठमाडौंका वृत्तहरू, जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयका डिएसपीहरूको सरूवा गरेको हो ।

महानगरीय प्रहरी वृत्त गौशालामा केशव भट्टराईको सरूवा भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धमा ढुण्डीराज न्यौपानेको सरूवा भएको छ ।

कीर्तिपुर वृत्तमा ठाकुरप्रसाद पोखरेलको सरूवा भएको छ । लैनचौर वृत्तमा दुर्गाप्रसाद दाहालको सरूवा भएको छ ।

प्रमेश विष्टको महाराजगञ्ज वृत्त, भरत श्रेष्ठको सिंहदरबार वृत्त, मदन कुँवरको इलाका प्रहरी कार्यालय बुटवल, मिलन केसीको स्वयम्भु वृत्त, मीमबहादुर लामाको नयाँ बानेश्वर वृत्तमा सरूवा भएको छ ।

दीपक श्रेष्ठको जिल्ला प्रहरी कार्यालय मोरङ, नवीन कार्कीको अख्तियार टंगाल, नरेन्द्र कुँवरको इलाका प्रहरी कार्यालय धरानमा सरूवा भएको छ ।

राजकुमार राईको जिल्ला प्रहरी कार्यालय भोजपुर सरूवा भएको छ ।

उमेश लम्सालको जिल्ला प्रहरी कार्यालय खोटाङ, कृष्णबहादुर कार्कीको जिल्ला प्रहरी कार्यालय लमजुङ सरूवा भएको छ ।

Published : Tuesday, 2021 June 22, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया