प्रहरीमा एआइजीको दरबन्दी थप, कुन डीआइजीको भाग्य खुल्यो ?

काठमाडौं । सरकारले नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदको दरबन्दी थप गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

गृह मन्त्रालयको प्रस्तावमा कार्य तथा अपराध अनुसन्धान विभागलाई छुट्याएर कार्य तथा अपराध अनुसन्धान विभाग गठन गर्ने निर्णय भएको छ ।

प्रहरीमा अब एआइजीको दरबन्दी चार वटा हुनेछ । प्रशासन विभाग, नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआइजीको दरबन्दी छ ।

महानगरीय प्रहरी कार्यालय, कार्य तथा अपराध अनुसन्धान विभागमा पनि एआइजीको दरबन्दी छ । अब प्रशासनतर्फ एआइजीको दरबन्दी हुनेछ ।

एआइजी विश्वराज पोखरेल महानिरीक्षकका एक्ला दाबेदार थिए । एआइजीको दरबन्द थप भएसँग पोखरेललाई आइजीपी बन्न चुनौती थपिएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले नौ महिनापछि अवकाश पाउनेछन् ।

डीआइजीबाट एआइजीमा बढुवाका लागि धिरजप्रताप सिंह र सहकुल थापा प्रवेल दाबेदार हुन् । सरकारले सिंह र थापाबाटै एआइजीमा बढुवा गर्ने सम्भावना रहेको उचच स्रोतको भनाइ छ ।

Published : Tuesday, 2021 June 22, 11:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया