प्रहरीका १५ जना एसएसपीहरूको सरुवा, के कहाँ पुगे ?

काठमाडौं । नेपाली प्रहरीका १५ जना प्रहरी बरिष्ठ उपरीक्षकहरू (एसएसपी)को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका अनुसार सोमबार १५ जना एसएसपीहरूको सरुवा भएको हो । एसएसपी श्यामलाल ज्ञवालीको नेपाल प्रहरी कार्यालय बनेपामा सरुवा भएको छ ।

नेपाल सरकार गृह मन्त्रालयको असार ७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार १५ जना एसएसपीहरूको सरुवा भएको हो ।

एसएसपी मीरा चौधरीलाई प्रदेश नं. १ तालिम केन्द्र बिराटनगर, श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा, उमाशंकर पञ्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज, जनकराज पाण्डेयलाई प्रदेश कार्यालय महेन्द्रनगर, गोविन्दकुमार साहलाई प्रदेश कार्यालय धरानमा सरुवा गरिएको छ ।

कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, हृदय थापालाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय, टेकबहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग नक्साल, नलप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौं राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ ।

राजेन्द्रप्रसाद चौधरीलाई प्रदेश नं. १ कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, उमेशराज जोशीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, दीपक थापालाई प्रदेश नं. २को शान्तिसुरक्षा महाशाखा, चन्द्रकुवेर खापुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा, बिक्रमबहादुर चन्दलाई सुदूरपश्चिम प्रदेश कार्यालय र नरबहादुर खत्रीलाई प्रदेश कार्यालय पोखरामा सरुवा गरिएको छ ।

Published : Monday, 2021 June 21, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया