कांग्रेस नेता एवम् पूर्व राज्यमन्त्री विष्टको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।

नेता विष्टको ललितपुरको मेडिसिटी अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको नेपाली जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य प्रज्ञान न्यौपानेले जानकारी दिएका छन् । उनलाई कोरोना भएपछि अस्पताल भर्ना गरिएको थियो ।

स्व.विष्ट नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति हुन् । विष्टको असामयिक निधनबाट कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।

Published : Sunday, 2021 June 20, 9:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया