आफ्ना मतदाताहरूको झुपडीमा आए मन्त्री यादव, अग्रजहरूसँग लिए आशीर्वाद

मिर्चैया । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले गृहजिल्ला सिरहामा पार्टीका नेता कार्यकर्ता र उद्योगी व्यवसायीहरूसँग भेट गर्नुका साथै आफ्ना मतदाताहरूसँग परामर्श गरेका छन् ।

शनिबार गाउँका साधारण कार्यकर्तासहित सबैसँग भेटघाट गरेका मन्त्री यादवले सरकारले जनताको सेवामा काम गर्ने बताएका छन् । उनले कोरोना महामारीका बेला जनतालाई राहत र जीवन रक्षामा काम गर्ने प्रमुख दायित्वमा काम गरिरहेको बताए ।

मन्त्रीको पदको शपथ लिएपछि आफ्ना मतदाता र शुभेच्छुकहरूलाई भेट्न यादव गृहजिल्ला आएका हुन् । उनले भनेका छन्, ‘मलाई सिरहा–४ मतदाताले जिताएर पठाउनुभयो । म पूरै देशको मन्त्री हुँ । काम गर्दा कुनै भेदभाव गर्नेछैन । तर, मेरो भावना र माया मेरा मतदाताहरूसँग जोडिएको छ ।’

उनले उद्योगी व्यवसायीहरूलाई काम गर्ने वातावरण बनाउन आफूले सहयोग गर्ने बताए । ‘जनतालाई सेवा दिने गरेर सबै काम गर्नुपर्छ । कोरोनाको महामारी छ’, उनले भने, ‘उद्योगी व्यवसायीहरूले पनि देश र जनताको हितमा काम गर्नुपर्छ ।’

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का वरिष्ठ नेता समेत रहेका मन्त्री यादवले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँग आशीर्वाद लिएका छन् । मन्त्री बनेपछि यादव गृहजिल्ला सिरहा आएका हुन् ।

मन्त्री यादव सिरहा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । मन्त्री यादवले शनिबार लहानमा रहेको शहीदहरूको शालिकमा माल्यार्णपन गरेका छन् ।

मन्त्री यादवलाई लहानमा शनिबार विशेष कार्यक्रम गरेर उद्योग वाणिज्य संघ सिहारले बधाइ दिएको छ ।

मन्त्री यादवलाई प्रदेश नं.२ का पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डल र कल्याणपुर नगरपलिकाका कार्यबाहक मेयर श्रीमती रोहिनीकुमारी यादवले पनि बधाइ र शुभकामना दिएका छन् ।

मन्त्री यादवले विश्नुपुर गाउँपालिकाको विष्णुपुर चोकमा जसपाका नेता हजारी साहको घरमा केही समय बसेर खुसी साटेका थिए ।

सिरहाकै धनगढीमाई नगरपालिका–३ स्थित विनोद चौधरीको घरमा वडाबासीले मन्त्री यादवलाई शुभकामना दिएका छन् ।

Published : Saturday, 2021 June 19, 11:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया