हेलिकप्टरबाट हेलम्बुमा कांग्रेस नेता बस्नेतको सहयोग, श्वेताले पनि पठाइन् राहत

हेलम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको हेलम्बुमा खाद्यान्न र लत्ताकपडा पठाइदिएका छन् ।

शुक्रबार कांग्रेस नेता बस्नेतले नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्नसहित लत्ताकपडाहरू पठाइदिएका हुन् । हेलम्बु र मेलम्चीमा बाढीपहिरोले जनधनको ठूलो नोक्सानी गरेपछि कांग्रेस नेता बस्नेत तत्काल पीडितहरूसमक्ष पुगेर उद्धार र राहतमा आफै खटिएका थिए ।

बस्नेतले घाइतेको उद्धार गर्नुका साथै भोकै बस्न बाध्य भएका सर्वसाधारणहरूलाई तत्कालै सहयोग गरेका थिए ।

खेलकुद विभागका प्रमुख समेत रहेका कांग्रेस बस्नेतले पीडितहरूलाई नगद आर्थिक सहयोग गर्नेदेखि विभिन्न सहयोग गर्दै आएका छन् ।

कम्युनिस्टले सहयोग गर्न आनाकानी गरिरहेका बेला कांग्रेस नेता बस्नेतको नेतृत्वमा हेलम्बुका बाढीपहिरोपीडितहरू उद्धार, राहत र सहयोगहरू भइरहेका छन् ।

कम्युनिस्टहरूले कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको तस्वीर राखेर राहत वितरणमा राजनीति गर्न खोजेपछि स्थानीयले बिहीबार लखेटेका थिए ।

कांग्रेस नेता बस्नेतले पीडितको उद्धार, राहत र सहयोग वितरणमा भेदभाव गर्न नहुनेभन्दै सबैलाई सहयोग गर्न अनुरोध गर्दै आएका छन् ।

बस्नेतले उद्धार र राहत वितरणमा कसैलाई पनि भेदभाव गरेका छैनन् ।

यसैबीच, कांग्रेस नेताहरूले शुक्रबार हेलम्बुका बाढीपीडितलाई राहत उपलब्ध गराएका छन् ।

सिन्धुपाल्चोक कांग्रेसका जिल्ला सदस्य एवम् मेलम्ची नगरपालिका– ३ का वडाध्यक्ष वसन्त गुरुङ, कांग्रेसका युवा नेता एवम् मेलम्ची नगरपालिका– ४ का निर्वाचित वडा सदस्य समिर लामा, युवा नेता राजु गुरुङ, अमृत लामा, मनोज लामाको समन्वयमा नायिका श्वेता खड्का र ‘हाम्रो टिम नेपाल’ले हेलम्बुमा राहतका सामग्री ल्याएर वितरण गरेका छन् ।

बाढीपहिरोका कारण हेलम्बुमा जाने बाटो पूरै अबरुद्ध छ । यस्तो अवस्थामा निजी क्षेत्रको हेलिकप्टरबाट ५ पटक वटा उडानमार्फत हेलम्बुका तिम्बु, हल्दे, सेर्काथली, चालीसे लगायतका ठाउँमा राहत सामग्री ल्याएर वितरण गरिएको हो ।

पीडितहरूलाई अत्यावश्यक १०० बोरा चामल, दाल, तेल, नुन लगायतका खाद्य सामग्रीसँगै ब्लाङ्केट, सिरक, डसनालगायतका लत्ताकपडा उपलब्ध गराएर सिन्धुपाल्चोक कांग्रेस नेताहरूले सानो भए पनि सहयोग गरेका छन् ।

Published : Friday, 2021 June 18, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया