सबै कुरा छाडेर अक्सिजनको व्यवस्था गरौँः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अक्सिजन नपाएर कोरोना संक्रमि बिरामीहरूको धमाधम मृत्यु हुन थालेपछि चिन्ता जनाएका छन् ।

मंगलबार थापाले सामाजिक सञ्जालमार्फत अरू सबै कुरा छाडेर अक्सिजनको व्यवस्थापन गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका हुन् ।

उनले अक्सिजनको अभावमा कोरोना संक्रमित बिरामी र उनीहरूका आफन्तले दुःख पाएको बताएका छन् ।

थापाले अक्सिजन आपूर्ति तथा वितरणको गाँठो फुकाउनसमेत प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

जनताको जीवन जोगाउन तत्काल पहल गर्न थापाले अनुरोधसमेत गरेका छन् ।

आफूलाई अक्सिजनको व्यवस्थापनका लागि र शय्या खोजी दिन आग्रह गर्दै थापाले बिरामीका आफन्तहरूले बारम्बार फोन गरिरहेको बताए ।

उनले कोरोना संक्रमितहरू दिनप्रतिदिन वृद्धि भइरहेकोले अक्सिजनलगायत व्यवस्थापन गर्न थापाले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यू, अक्सिजनको अभावमा बिरामी र तिनका आफन्तको छटपटी अनि अस्पतालहरू अत्तालिएर सेवा नै बन्द गर्न परेको हृदयविदारक अवस्था छ कृपया यसलाई मनन गरेर अक्सिजन आपूर्ति र वितरणको गाँठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल गर्न विनम्र अनुरोध गर्दछु’, कांग्रेस नेता थापाले भनेका छन् ।

Published : Tuesday, 2021 May 11, 2:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया