ओली निकटका भीभीआईपीहरूले आफ्नै दाई–भाईलाई आकर्षक पद दिलाए

काठमाडौं । एमालेका नेता समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नै भाई पुुष्प तिमिल्सिनालाई समावेशी आयोगको सदस्यमा सिफारिस गर्ने निर्णय गराएका छन् ।

राष्ट्रिय सभाको अध्यक्ष संवैधानिक परिषदको सदस्य हुने व्यवस्था छ । आफै सदस्य रहेको परिषदबाट अध्यक्ष तिमिल्सिनाले भाईलाई सदस्यमा सिफारिस गराएका हुन् ।

पुष्पराज गैरआवसीय नेपाली संघको केन्द्रीय सल्लाहकार हुन् । पुष्पराजको स्पेनमा आफ्नै सानोतिनो व्यवसाय रहेको बताइनछ ।

अध्यक्ष तिमिल्सिनाले पर्वतकै सावित्रीकुमारी शर्मा तिवारी पनि नियुक्ति सिफारिसमा परेका छन् । तिवारी राष्ट्रिय महिला आयोगको सदस्यमा सिफारिस भएकी हुन् ।

फागुन २३ गते एमाले र माओवादी ब्युँताउने फैसला गर्नेमध्येका सर्वोच्च अदालतको न्यायाधीश कुमार रेग्मीका सहोदर दाइलाई लोकसेवा आयोगको अध्यक्षमा नियुक्ति सिफारिस गरिएको छ ।

सिफारिसमा परेका पूर्वसचिव माधव रेग्मी प्रधानमन्त्री खड्गप्रसाद ओलीको गृहजिल्ला झापाका हुन् ।

ओलीले आफ्ना आसेपासे र पहुँचवालालाई संवैधानिक नियुक्ति दिन प्रधानमन्त्री पद फुत्किनुभन्दा एक दिन पहिला नियुक्तिहरूका लागि सिफारिस गराएका छन् ।

ओलीले खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेलाई लोकसेवा आयोगको सदस्यमा नियुक्तिका लागि सिफारिस गरेका छन् ।

सरकारले तीन जनामात्रै उपस्थित भएर समेत निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएर संवैधानिक परिषदको बैठक बसालेको थियो ।

परिषद्मा छ सदस्य हुन्छन् । उप–सभामुख पद रिक्त छ । सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा अनुपस्थित थिए ।

Published : Tuesday, 2021 May 11, 12:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया