गर्ल्यमगुर्लुम्म ढल्यो ओलीको कम्युनिस्ट सरकार
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले विश्वासको मतको अपक्षा गरेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवम् सांसद महन्थ ठाकुरले पनि निराश बनाएका छन् ।
प्रतिनिधि सभाको विशेष बैठकमा सोमबार सम्बोधन गर्दै ठाकुरले ओलीलाई विश्वासको मत दिन नसकिने बताए । उनले आफूहरू ओलीलाई विश्वासको मत नदिएर तटस्थ बस्ने बताए ।
ओलीले ठाकुरले विश्वासको मत दिने अपेक्षा लिएका थिए । ठाकुरले पनि ओलीलाई साथ दिने बताउँदै आएका थिए । आफैले विश्वास गरेका ठाकुरले विश्वासको मत नदिएपछि ओली चिन्तामा डुबेका छन् ।
ठाकुरले विश्वासको मत नदिएर तटस्थ बस्ने औपाचारिक घोषणा गरेपछि प्रधानमन्त्री ओलीको सरकार गर्ल्याम गुर्लुुम्म ढलेको छ ।
ओलीलाई आफ्नै दल एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरूले पनि मतदान नगर्ने बताइसकेका छन् । नेपाल समूहले नै ओलीलाई मतदान गर्दा पनि ओलीको सरकार बच्ने सम्भावना निकै कमी छ ।
अन्तिम मतदान हुन बाँकी छ । ठाकुरले नै संसदको रोष्टममा उभिएर तटस्थ बस्ने भनेपछि ओलीलाई तनाब भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया