ओलीले मेलम्चीको जस जन्मदाता किशुनजीलाई होइन राजालाई दिए
काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले मेलम्ची खानेपानी आयोजना राजा वीरेन्द्रले शुरु गरेको बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै मेलम्चीमा ओलीले राजा वीरेन्द्रको योगदान रहेको बताए ।
‘मेलम्ची खानेपानी राजा वीरेन्द्रदेखि चलेको हो । किसुनजीले बहस उठाउनुभयो’, उनले भने, ‘अहिलेको सरकारले विशेष पहलमा आयोजना पूरा गरेको हो । १७ करोड पानी ल्याइएको छ ।’
कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेका बेला मेलम्ची खानेपानी आयोजना शुरु गरेका थिए । भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक सफा गर्छुभन्दा ओलीले नै तत्कालीन समयमा खिल्ली उडाएका थिए ।
संसदमा बोल्दा किशुनजीलाई मेलम्चीको खानेपानी आयोजनाको जस दिन आनाकानी गर्दै राजा वीरेन्द्र र आफूले जस लिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया