ओखलढुंगा कांग्रेसका पूर्वसभापतिको निधन, खतिवडाद्वारा श्रद्धाञ्जलि व्यक्त, यादव–पदम रहेनन्

काठमाडौं । नेपाली कांग्रेस ओखलढुंगाका पूर्वसभापति पृथ्वीबहादुर कार्कीको निधन भएको छ ।

पूर्वसभापति कार्कीको सोमबार बिहान काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसका पूर्वसांसद रामहरि खतिवडाले जानकारी दिए ।

बिक्रम संवत २०९९ सालमा जन्मिएका कार्कीका श्रीमती, दुई छोरा र एक छोरी छन् । एकजना छोरा क्यानडामा बस्छन् ।

स्व.कार्कीको कार्यकालमा ओखलढुंगामा कांग्रेसको संगठन बलियो बनाउने कार्य भएको थियो । कार्की सभापति भएका बेला उप–सभापति रहेका प्रदीप सुनुवार हाल ओलखढुंगा कांग्रेसको सभापति छन् । उनका दाई बालध्वज कार्कीपनि ओखलढुंगा कांग्रेसका सभापति थिए ।

कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडाले पूर्वसभापति कार्कीको निधनबाट ओखलढुंगा कांग्रेसले असल र राम्रो नेता गुमाएको बताएका छन् । उनले शोकमा रहेका कार्की परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

खतिवडाले भने, ‘पृथ्वीबहादुर कार्कीको निधनले स्तब्ध बनायो । एउटा ईमानदार प्रजातान्त्रिक नेता ओखलढुंगाले फेरि गुमायो । उहाँको आत्मा स्वर्गमा बाँस होस् ।’

यसैबीच, ओखलढुंगा कांग्रेसका दुई जना नेताहरूको पनि निधन भएको छ । कांग्रेस नेताहरू यादव खत्री र पदम अधिकारीको निधन भएको खतिवडाले बताए ।

खत्री पोकली लिखु– ९ निवासी हुन् । नेविसंघका पूर्व केन्द्रीय सदस्य अधिकारी मानेभञ्ज्याङ– ९ निवास हुन् ।

कांग्रेस नेता खतिवडाले खत्री र अधिकारीलाई गुमाउनुपर्दा आफू मर्माहत भएको बताएका छन् । उनले भने, ‘ओखलढुंगाले यादव खत्री र पदम अधिकारी जस्ता होनहार नेताहरू गुमाउनुपर्दा मर्माहित भएको छ । उहाँहरूप्रति श्रद्धाञ्जलि । शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।’

Published : Monday, 2021 May 10, 7:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया