पाल्पामा सवासरी साधन ठोक्किँदा ६ जना घाइते

तानसेन । पाल्पा जिल्लामा दुई वटा गाडी एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् ।

आइतबार तिनाउँ गाउँपालिका– ३ झुम्सा स्थित सिद्दार्थ राजमार्गमा दुई वटा सवारी साधन ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ झ ५४२ नम्बरको (कृषि ज्ञानकेन्द्र) पाल्पाको गाडी र विपरित दिशाबाट जाँदै गरेको लु १ ज ३५७९ नम्बरको ट्याक्सी एकआपसमा ठक्कर खाँदा दुवै ६ जना घाइते भएका हुन् ।

प्रहरीले घाइतेहरूको उद्धार गरेर उपचारका लागि बुटवल पठाइएको छ ।

दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ७ बस्ने वर्ष ४७ को लुमविक्रम शाह, गुल्मीको ईस्मा गाउँपालिका– ४ बस्ने वर्ष ३० को कृष्णबहादुर कुँवर, स्याङ्जाको छ्याङछ्याङ्दी गाउँपालिका– २ बस्ने वर्ष ५७ को समर थापा, पर्वतको बिहादी गाउँपालिका– ३ बस्ने वर्ष ३२ को रामप्रसाद अधिकारी, स्याङ्जाको भिरकोट नगरपालिका– ९ बस्ने वर्ष ३० चारजन सुनार र स्याङ्जाको वालिङ नगरपालिका– १४ बस्ने वर्ष २१ को केशव सार्की रहेको एसपी भट्टराईले बताए ।

Published : Sunday, 2021 May 9, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया