बालुवाटारका साइबर सेनाले देउवा र कांग्रेसको यसरी गरे बद्नाम

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नै गृहजिल्ला झापाका माधवप्रसाद रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गरेका छन् ।

बालुवाटारमा आइतबार बसेको संवैधानिक परिषदको बैठकबाट ओलीले रेग्मीलाई अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । ओलीले आफ्नै जिल्लाबासीलाई आयोगको अध्यक्षमा सिफारिस गरेर सबैलाई चकित तुल्याइदिएका छन् । अध्यक्षमा सिफारिस भएका रेग्मी पूर्वसचिव हुन् ।

माधवप्रसाद रेग्मी एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गर्ने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदार दाजु हुन् । कुमार रेग्मीले नेपाल कम्युनिस्ट पार्टीलाई ऋषि कट्टेललाई दिएर ओलीलाई गुन लगाएका थिए ।

बालुवाटार निकटका अनलाइन र पत्रकारहरूले कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा माधवप्रसाद रेग्मीलाई आयोगको अध्यक्ष बनाएको भनेर समाचार लेखेका छन् ।

कांग्रेस नेताहरूले बालुवाटारका साइबर सेनाहरूले कांग्रेस र पार्टी सभापति शेरबहादुर देउवाको बद्नाम गर्न नानाथरी समाचार लेखेका बताएका छन् । कांग्रेस नेताहरूले भनेका छन्, ‘संवैधानिक परिषदको बैठक बहिस्कार गर्ने कांग्रेस र देउवाले आफ्ना मान्छेलाई आयोगको अध्यक्ष बनायो भन्नु सरासर गलत हो । ओलीले कांग्रेसको मान्छेलाई अध्यक्ष बनाउँछन् भनेर कल्पना समेत गर्न सकिँदैन ।’

सभापति देउवाले शनिबार विज्ञप्ति जारी गरेर ओलीले बोलाएको संवैधानिक परिषदको बैठक उपस्थित नहुने जनाएका थिए । बालुवाटारमा बसेको परिषदको बैठकमा देउवा उपस्थित नै भएका थिएनन् ।

ओली निकटका एकजना पत्रकारले आफ्नो अनलाइनमा माधवप्रसाद रेग्मीलाई कांग्रेस सभापति देउवाको सिफारिसमा आयोगको अध्यक्ष बनाउने परिषदको बैठकबाट नियुक्तिका लागि सिफारिस गरेको भनेर समाचार लेखेका छन् ।

माधवप्रसाद रेग्मीको नाम संसदीय सुनुवाइ विशेष समितिमा सुनुवाईका लागि पठाउनपर्ने व्यवस्था छ ।

Published : Sunday, 2021 May 9, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया