ओली सरकारको पखेटा पलायो, कुर्सी फुत्किनुभन्दा २४ घण्टा अगाडि पेलेरै गए

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गर्दा पनि प्रधानमन्त्री खड्गप्रसाद ओलीले संवैधानिक परिषदको बैठक राखेर छलफल गरेका छन् ।

ओलीले आइतबार बिहान परिषदको बैठक राखेका हुन् । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी भएका थिए ।

देउवाले ओली सरकारले अध्यादेशमार्फत संवैधानिक परिषदसम्बन्धी ऐन संशोधन गर्दै संसदीय मूल्य मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमै प्रहार गरेको बताएका छन् ।

बैठकमा आफूले पनि भाग नलिने र अरु सदस्यलाई पनि भाग नलिन सभापति देउवाले आग्रह गरेका थिए ।

संवैधानिक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा गएकाले त्यसैको निरन्तरता हुने बैठकमा सहभागी नहुने बताएका थिए ।

ओलीले संवैधानिक परिषदसम्बन्धीसहित सातवटा अध्यादेश जारी गरेका थिए ।

ओलीले प्रतिनिधिसभामा सोमबार विश्वासको मत लिन लागेका छन् । ओलीले विश्वासको मत पाउने सम्भावना निकै कम छ ।

ओलीले विश्वासको मत लिनभन्दा एक दिनअघि संवैधानिक निकायमा नियुक्तिका लागि बैठक बोलाएका थिए ।

अध्यादेशमा संवैधानिक परिषदको अध्यक्ष र तत्काल बहाल सदस्यहरूको बहुमत भए गणपूरक संख्या मानिने व्यवस्था छ ।

Published : Sunday, 2021 May 9, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया