बालुवाटारका शक्तिशाली सल्लाहकारलाई कोरोना

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार थापाले ट्वीट गर्दै दोस्रो पटक कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

‘दोस्रो पटक पोजिटिभ । टेलिफोनमा चासो, जिज्ञासा र शुभकामना दिनेभन्दा यहाँ सोसल प्लेटफर्ममा नै उपस्थिति । प्रार्थनीय छ है ! शुभेच्छाका लागि सबैप्रति धन्यवाद’, सल्लाहकार थापाले भनेका छन् ।

थापाले कोरोना परीक्षणका लागि नमूना दिएका थिए । रिपोर्ट पोजेटिभ आएपछि थापा आइसोलेसनमा बसेका छन् ।

प्रेस सल्लाहकार थापालाई कोरोना पोजेटिभ देखिएको पछि बालुवाटारमा धेरैलाई तनाब भएको छ । सल्लाहकार थापा नियमित रुपमा प्रधानमन्त्री निवास बालुवाटारमा जाने गरेका थिए । केही दिन अगाडि बालुवाटारमा सल्लाहकारहरूको बैठक समेत बसेको थियो ।

प्रेस सल्लाहकार थापा बालुवाटारका शक्तिशाली सल्लाहकारहरूमध्येमा पर्छन् ।

प्रधानमन्त्री ओलीको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । ओलीको रिपोर्ट के आयो केही भनिएको छैन ।

Published : Saturday, 2021 May 8, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया