बालुवाटारका शक्तिशाली सल्लाहकारलाई कोरोना
काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार थापाले ट्वीट गर्दै दोस्रो पटक कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।
‘दोस्रो पटक पोजिटिभ । टेलिफोनमा चासो, जिज्ञासा र शुभकामना दिनेभन्दा यहाँ सोसल प्लेटफर्ममा नै उपस्थिति । प्रार्थनीय छ है ! शुभेच्छाका लागि सबैप्रति धन्यवाद’, सल्लाहकार थापाले भनेका छन् ।
थापाले कोरोना परीक्षणका लागि नमूना दिएका थिए । रिपोर्ट पोजेटिभ आएपछि थापा आइसोलेसनमा बसेका छन् ।
प्रेस सल्लाहकार थापालाई कोरोना पोजेटिभ देखिएको पछि बालुवाटारमा धेरैलाई तनाब भएको छ । सल्लाहकार थापा नियमित रुपमा प्रधानमन्त्री निवास बालुवाटारमा जाने गरेका थिए । केही दिन अगाडि बालुवाटारमा सल्लाहकारहरूको बैठक समेत बसेको थियो ।
प्रेस सल्लाहकार थापा बालुवाटारका शक्तिशाली सल्लाहकारहरूमध्येमा पर्छन् ।
प्रधानमन्त्री ओलीको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । ओलीको रिपोर्ट के आयो केही भनिएको छैन ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया