भक्तपुरमा तरुण दलद्वारा सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामग्री वितरण, जनचेतना पनि चलायो

काठमाडौं । नेपाल तरुण दल भक्तपुरले कोरोना महामारीका बेला संक्रमणबाट बच्न सहयोग मिलोस् भन्ने उदेश्यले सुरक्षाकर्मी, पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

बिहीबार नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, तरुण दलका नगर अध्यक्ष पुरु खड्कासहितका नेताहरूले भक्तपुरका प्रहरी र पत्रकारहरूलाई स्यानिटाइजर, मास्क, ग्लोब्स वितरण गरेको तरुण सदस्य राजु पुरीले जानकारी दिए ।

कोरोनाभाइरसको दोस्रो संक्रमणले समस्या उत्पन्न गरेका बेला कोरोना रोकथाम र नियन्त्रणमा खटिएका सुरक्षाकर्मीलाई सानो भएपनि सहयोग होस् भनेर स्वास्थ्य सामग्री वितरण गरिएको नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले जानकारी दिए ।

भक्तपुरका तरुण साथीहरूले सुरक्षाकर्मीहरूलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न सहयोग मिलोस् भनेर स्वास्थ्य सामग्री उपलब्ध गराएको थापाले बताए ।

अध्यक्ष थापाले स्वास्थ्य सामग्रीले वितरण गरेर कोरोनाबाट बच्न स्वास्थ्य सचेतना अभियान चलाएको बताए । उनले भने, ‘कोरोनाबाट बच्न मास्क लगाउने, स्यानिटाइजर लगाउने, साबुन पानीले हात धुने, दुरी कायम गर्नेबारेमा सर्वसाधारणमा जनचेतना फैलाउने अभियान पनि चलाउन शुरु गरेका छौँ ।’

भक्तपुर तरुण दलले समाचार लेखेर जनतालाई कोरोना महामारीका बेला सर्तक र जागरण अभियान चलाएका सञ्चारकर्मीहरूलाई पनि स्वास्थ्य सामग्री वितरण गरेको छ ।

एक वर्ष अगाडि पनि नेपालरु तण दल भक्तपुरले कोरोना महामारीको बेला सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

महामारीका बेला जनताको जीवन बचाउन रक्तदान पनि गर्दै आएको भक्तपुर तरुण दलले निषेधाज्ञाका बेला समस्यामा परेकाहरूलाई सहयोग गर्दै आएको छ ।

Published : Thursday, 2021 May 6, 3:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया