कांग्रेस सांसद चौधरीसहित चार सांसदलाई कोरोना पुष्टि

काठमाडौं । चार जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिनिधि सभाका ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

प्रतिनिधि सभाको बैठक वैशाख २७ गते बस्दै छ । बैठक बस्नु अगाडि सांसदहरूको बुधबार पीसीआर परीक्षण गरिएको थियो ।

१ सय २८ जना सांसदको स्वाब संकलन गरिएको थियो ।

संक्रमण देखिएका सांसदमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का लक्ष्मणलाल कर्ण, नरमाया ढकाल र रामबाबु यादव तथा नेपाली कांग्रेसकी पार्वती डिसी चौधरी रहेको संसद सचिवालय स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट कृष्णकुमार खत्रीले जानकारी दिएका छन् ।

सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

योसँगै प्रतिनिधिसभाका कूल ११ सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

सरकारका तीन मन्त्रीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

Published : Thursday, 2021 May 6, 2:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया