महामारीका बेला जीवन बचाउन भक्तपुर तरुण दल जाग्यो, निषेधाज्ञाका बेला रक्तदान
भक्तपुर । नेपाल तरुण दल भक्तपुरले कोरोना महामारीमा गम्भीर समस्यामा परेका बिरामीहरूको उपचारमा सहयोग गर्ने उदेश्यले रक्तदान गरेको छ ।
‘मेरो रगत कसैको जीवन’ नाराका साथ नेपाली कांग्रेसको खेलकुद विभाग र नेपाल तरुण दल भक्तपुर क्षेत्र नं. १ को कार्यसमितिले संयुक्त रुपमा बुधबार रक्तदान गरिएको भक्तपुर तरुण दलका सदस्य राजु पुरीले जानकारी दिए ।
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा र नेपाल तरुण दल भक्तपुरका जिल्ला अध्यक्ष राजु थापाको निर्देशनमा रक्तदान गरिएको सदस्य पुरीले बताए ।
तरुण दल र खेलकुद विभागले आकस्मिक रुपमा गरेको रक्तदान कार्यक्रमम ४४ जनाले रक्तदान गरि सहयोग गरेको पुरीले बताए ।
नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले निषेधाज्ञा हुँदा पनि गम्भीर बिरामीहरूको जीवन बचाउने पवित्र उदेश्यले गरिएको रक्तदानमा सहभागी भएका सबैलाई धन्यावाद दिएका छन् ।
‘तरुणहरूको रगतले कोरोना महामारीका बेला गम्भीर बिरामीहरूको उपचारमा सहयोग मिल्नेछ’, अध्यक्ष थापाले भने, ‘नेपाली कांग्रेस जिम्मेवार पार्टी हो । कांग्रेसका भ्रातृ संस्थाहरू पनि जिम्मेवार छन् । हाम्रो सानो सहयोगले कसैको जीवन बच्छ भने हामी खुसी हुने छौँ ।’
रक्तदान कार्यक्रममा नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति जीवन खत्री, खेलकुद विभागका केन्द्रीय सदस्य उमेशकुमार खड्का, तरुण दलका क्षेत्रीय अध्यक्ष प्रमेश्वर थापालगायतको उपस्थिति रहेको थियो ।
तरुण दल भक्तपुरले बेलाबेला रक्तदान गर्दै आएको छ । दोस्रो चरणको कोरोना महामारीले सर्वसाधारणहरू समस्यामा परेका बेला तरुणहरूले रक्तदान गरेर ठूलो पूण्यको काम गरेका छन् ।












बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया