खराब काम गरेपछि सिरहाका एसपी हेडक्वाटर तानिए

काठमाडौं । विवादमा परेपछि जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख एसपी सुदीप राजभण्डारी हेडक्वाटर तानिएका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार एसपी राजभण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेका हुन् ।

राजभण्डारी हेडक्वाटर तानिएपछि एसपी हीराबहादुर पाण्डेलाई जिम्मेवारी दिएर पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

राजभण्डारी सिरहामा तीन महिना अगाडि प्रमुख बनेर गएका थिए । उनी आर्थिकसहित विभिन्न विवादमा परेको भन्दै गुनासा र उजुरी परेपछि आईजीपी क्षेत्रीले तानेका हुन् ।

Published : Wednesday, 2021 May 5, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया