पूर्वरानी शाहको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा सारियो
काठमाडौं । पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबार आईसीयूबाट वार्डमा सारिएको छ ।
शाहको नर्भिक इन्टरनेशल हस्पिटलमा उपचार भइरहेको छ । नर्भिकले विज्ञप्ति जारी गरेर स्वास्थ्यमा सुधार भएपछि वर्डामा सारिएको जनाएको छ ।
कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी शाहलाई बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।
उनको आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबारदेखि वार्डमा सारिएको हो ।
उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ ।
नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।
Published : Wednesday, 2021 May 5, 6:17 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया