भारतको सहयोगमा जुम्लाको जलविद्युत् प्लान्ट पुनःस्थापना

जुम्ला । जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा भारत सरकारको २ करोड ६३ लाख आर्थिक सहयोगमा साना जलविद्युत् प्लान्ट पुनःस्थापना गरिएको छ ।

चन्दननाथ नगरपालिकामा हालै पुनःस्थापना गरिएको साना जलविद्युत प्लान्टको २०७८ साल वैशाख २२ गते भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, जिल्ला समन्वय समिति, जुम्ला तथा नेपाल विद्युत प्राधिकरण, जुम्लाद्वारा भर्चुअल माध्यममार्फत उद्घाटन गरेका हुन् ।

२०० किलोवाट विद्युत् उत्पादन क्षमता भएको यस जलविद्युत प्लान्टको निर्माण नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा गरेको हो ।

प्राकृतिक विपदका कारण उक्त प्लान्टमा क्षति पुगेको थियो । उपभोक्ता समिति, स्थानीय बासिन्दा र जिल्ला समन्वय समिति, जुम्लाको विशेष अनुरोधमा उक्त पावर प्लान्टको पुनःस्थापनाका लागि भारत सरकारले आर्थिक सहयोग गरेको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदानमा जलाशय ट्याङ्कीको निर्माण र जलविद्युत प्लान्टको पुनःस्थापना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

चन्दननाथ नगरपालिकाका करिब २०,००० मानिसहरू यस प्लान्टबाट लाभान्वित हुनेछन् ।

भारतले जुम्ला जिल्लाका २ वटा परियोजनासहित १० वटा परियोजनाहरू कर्णाली प्रदेशमा रहेका छन् ।

भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित प्रदेश कर्णाली प्रदेशका ४ वटा परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् ।

भारतीय राजदूतावासले जुम्ला जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई ५ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

Published : Wednesday, 2021 May 5, 4:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया