दाङबाट जुम्ला जाँदै गरेको टिप्पर कर्णालीमा खस्यो

दैलेख । सिमेन्ट बोकेर जुम्लातर्फ जाँदै गरेको टिप्पर दैलेख जिल्लास्थित कर्णाली नदीमा खसेर दुर्घटना भएको छ ।

बा ५ ख २१८३ नम्बरको टिप्पर मंगलबार राति करीव १० बजेको आठविस नगरपालिका– ४ खोटे सल्ला भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक र सह–चालक बेपत्ता भएका छन् ।

टिप्पर दाङको लमहीदेखी जुम्लातर्फ सिमेन्ट लोड गरी जाने क्रममा खोटे सल्ला भन्ने कर्णाली राजमार्गस्थित कर्णाली नदीमा अन्दाजी १५० मिटर तल पल्टिएको दैलेख प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखबाट खटिएको प्रहरी टोलीले हराइरहेका चालक र सह–चालकको खोजी कार्य गरिरहेको छ ।

Published : Wednesday, 2021 May 5, 9:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया