दाङबाट जुम्ला जाँदै गरेको टिप्पर कर्णालीमा खस्यो
दैलेख । सिमेन्ट बोकेर जुम्लातर्फ जाँदै गरेको टिप्पर दैलेख जिल्लास्थित कर्णाली नदीमा खसेर दुर्घटना भएको छ ।
बा ५ ख २१८३ नम्बरको टिप्पर मंगलबार राति करीव १० बजेको आठविस नगरपालिका– ४ खोटे सल्ला भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक र सह–चालक बेपत्ता भएका छन् ।
टिप्पर दाङको लमहीदेखी जुम्लातर्फ सिमेन्ट लोड गरी जाने क्रममा खोटे सल्ला भन्ने कर्णाली राजमार्गस्थित कर्णाली नदीमा अन्दाजी १५० मिटर तल पल्टिएको दैलेख प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखबाट खटिएको प्रहरी टोलीले हराइरहेका चालक र सह–चालकको खोजी कार्य गरिरहेको छ ।
Published : Wednesday, 2021 May 5, 9:32 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया