कांग्रेस नेता पौडेल अस्वस्थ्य, पेटमा समस्या
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ्य भएपछि बेड घरमा आराम गरेका छन् ।
पौडेलका निजी सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार नेता पौडेलको पेटमा समस्या देखिएको थियो । औषधि सेवनपछि पौडेललाई निको भएको अधिकारीले फेसबुकमा लेखेका छन् ।
‘नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सामान्य पेट दुखाइका कारण सोमबारको बैठकमा सहभागी हुन नसक्नु भएको हो’, अधिकारीले लेखेका छन्, ‘उहाँलाई अहिले ठीक भै सकेको छ । मंगलबार हुने बैठकमा उहाँ सहभागी हुनुहुनेछ ।’
वरिष्ठ नेता पौडेल अस्वस्थ्य भएका कारण सोमबार बस्ने भनिएको कांग्रेसको बैठक मंगलबारका लागि स्थगित भएको थियो ।
मंगलबार बस्ने कांग्रेसको बैठकमा नेता पौडेल सहभागी हुने सहयोग अधिकारीले बताएका छन् ।
Published : Monday, 2021 May 3, 8:52 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया