कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

कोरोना देखिएपछि शर्मा आइसोलेसनमा बसेका छन् । उनले टेकु अस्पतालका चिकित्सक डा.अनुप बास्तोलाको निर्देशनमा औषधि खान शुरु गरेको जनाएका छन् । शर्मालाई सोमबार बिहान कोरोना पुष्टि भएको थियो ।

‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटलमा पुगेर स्वाब दिएँ’, उनले भने, ‘सोमबार बिहानीपख रिपोर्ट आयो–पोजेटिभ ।’

‘टेकुका चिकित्सक डा.अनुप बाँस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु’, उनले भने, ‘लक्षणले च्यापेका छन् । तर मनोबल उच्च छ ।’

उनले भनेका छन्, ‘सबैलाई विनम्र आग्रह छ – सजग बनौं !’

Published : Monday, 2021 May 3, 10:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया