लुम्बिनीमा ओलीको अवतारको जन्म, कांग्रेस नेता खतिवडा आश्चर्य चकित

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले एमालेले लुम्बिनी प्रदेशमा अर्को ‘ओली पथ’ जन्माएको टिप्पणी गरेका छन् ।

खतिवडाले आइतबार साँझ ट्वीट गर्दै लुम्बिनी प्रदेशमा जबरजस्ती मुख्यमन्त्री बनेर सपथ लिएका शंकर पोखरेललाई ओलीको अवतार भनेर टिप्पणी गरेका हुन् ।

‘नाम मात्रै शंकर रहेछ । लुम्बिनी प्रदेशका मुख्य मन्त्रीको, व्यवहार ओली पथ, पदको लागि सबै नैतिकता त्याग्ने’, कांग्रेस नेता खतिवडाले भनेका छन् ।

‘हरे कत्ति समय तिमी मुख्य हुन्छौं ? अनि पद गुमेको दिन सडकमा के भनेर अनुहार देखाउँछौँ ?’, शंकर पोखरेललाई प्रश्न गर्दै खतिवडाले भनेका छन्, ‘शंकरजी बरु ओली र मुख्यमन्त्री छोडनु होस् । देश र जनता हेर्नुहोस् । पदभन्दा देश र जनत ठूला हुन् ।’

माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चासहितका सांसद हस्ताक्षर गरेर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

आइतबार बस्ने भनिएको लुम्बिनी प्रदेशको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव पेश हुने कार्यक्रम थियो । तर, पोखरेलले असंवैधानिक चोरबाटोबाट छिरेर आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएर आइतबार साँझ मुख्यमन्त्री पदको सपथ लिएका छन् ।

अविश्वासको प्रस्ताव सामनानै नगरेर पोखरेल बलजफ्ती मुख्यमन्त्री बनेको भन्दै नेपाली कांग्रेस, माओवादीसहितका दलहरूले विरोध जनाएका छन् ।

Published : Sunday, 2021 May 2, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया