शंकर पोखरेल चोरबाटोबाट मुख्यमन्त्री बन्न खोजेपछि कांग्रेसद्वारा खारेज
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्धको अविश्वासको प्रस्ताव छल्न राजीनामा दिएर मुख्यमन्त्री बन्न चोरबाटो अपनाएको आरोप लगाएका छन् ।
कांग्रेस नेता खाणले आइतबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभाका सदस्यहरूले विधिसम्वत अविश्वासको प्रस्ताव दर्ता गरेकामा उक्त प्रस्तावलाई मुख्यमन्त्रीले विधिवत रुपमा सामना गर्नुपर्नेमा नाटकीय रुपमा राजीनामा गरिएको छ ।’
‘प्रदेश प्रमुखले उक्त राजीनामालाई स्विकृत गरी अल्पमतमा रहेका संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गरिएकोप्रति गम्भीर आपत्ति प्रकट गर्दछौं’, खाणले भनेका छन् ।
‘मुख्यमन्त्रीको राजीनामा स्वीकृत भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सदस्यहरूले बहुमत पु¥याई प्रदेश प्रमुख समक्ष सरकार निर्माणको लागि दावी गर्दा उक्त दावीलाई सहजतापूर्वक स्वीकार गर्नुपर्नेमा प्रदेश प्रमुखले बहुमत गुमाई सकेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री मै नियुक्ति गर्नु संविधान, संसदीय प्रकृया र लोकतान्त्रिक पद्धतिको बर्खिलाफ हो’, खाणले भनेका छन् ।
‘यसरी विधि विपरित गरिएको मुख्यमन्त्री नियुक्तिको नेपाली कांग्रेस संसदीय दल घोर विरोध गर्दछ’, उनले भनेका छन् ।
‘तसर्थ संविधान विपरित भएको नियुक्तिलाई बदर गरी बहुमत पुर्याई प्रस्ताव गरिएका दल र संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न जोडदार माग गर्दछौं’, प्रमुख सचेतक खाणले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया