मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृति, यादवले दिए कामचलाउको अधिकार

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत गरेका छन् ।

पोखरेलले संविधानको धारा १६९ (१) (क) अनुसार मुख्यमन्त्री पदबाट आइतबार बिहान राजीनामा दिएका थिए । पोखरेलको राजीनामा प्रमुख यादवले स्वीकृत गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश प्रमुख यादवले संविधान बमोजिम अर्को व्यवस नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई प्रदेशको मन्त्रिपरिषदको कार्यभार सञ्चालन गर्न जिम्मेवारी दिएको प्रदेश प्रमुखको कार्यालय लुम्बिनीका प्रवक्ता चिरञ्जीवी पौडेलले बताएका छन् ।

Published : Sunday, 2021 May 2, 10:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया