कांग्रेस नेता शाह र योगी आदित्यनाथबीच लखनउमा भेट, नेपाल आउन इच्छुक
कृष्णनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।
कांग्रेस नेता शाहले बुधबार लखनउमा मुख्यमन्त्री आदित्यनाथलाई भेट गरेका हुन् । भेटमा नेपाल–भारतको सिमानामा देखिएको समस्या, दुई मुलुकबीचको सम्बन्धलगायतका विषयमा कुराकानी भएको नेता शाहले जानकारी दिए ।
कांग्रेसका केन्द्रीय सदस्य शाहले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् । जवाफमा मुख्यमन्त्री आदित्यनाथले कोरोनाभाइरसको संक्रमण सहज हुनेवित्तिकै नेपाल भ्रमणमा आउने आश्वासन दिएका छन् ।
भ्रमणका बेला पशुपतिनाथको मन्दिरको दर्शन गर्ने इच्छा मुख्यमन्त्री आदित्यनाथले देखाएको कांग्रेस नेता शाहले जानकारी दिए ।
नेपाल र उत्तरप्रदेशबीच लामो सिमाना जोडिएको छ । सिमानामा नेपालीहरूलाई विभिन्न समस्या हुने गरेको छ । ती समस्या समाधानमा ध्यान दिन नेता शाहले आदित्यनाथसँग अनुरोध गरेका छन् ।
कांग्रेस नेता शाहले नेपाली नम्बर प्लेटका गाडीहरूलाई भारतमा पनि चल्न दिनुपर्ने माग राख्दै आएका छन् । सो विषयमा पनि उनले बेलाबेला सम्बन्धित निकायमा आग्रह गर्दै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया