चिनियाँहरूद्वारा नेपालभित्रै हँगामा, नेपाली र चिनियाँबीच झडप, छ जना घाइते
नवलपुर । बुटवल–नारायणगढ सडक निर्माणको ठेकेदार र मजदुरबीच झडप भएको छ ।
बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्ने–गैँडाकोट सडक खण्डको रजहर साइड अफिसमा चिनियाँ र नेपाली मजुरबीच बुधबार भएको झडपमा ६ जना घाइते भएका छन् । झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ ।
नेपाली मजदुरहरूले चिनियाँ पक्षले वार्तामा बेलाएर एक्कासि कुटपिट गरेको आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख (एसपी) प्रकाश मल्लले चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधि र मजदुरहरूबीच हातहालाहाल भएको बताए ।
प्रहरी पुग्दा ६ जना घाइते भएको अवस्थामा उद्धार गरिएको एसपी मल्ले बताएका छन् । घाइतेको अवस्था सामान्य रहेको छ । नेपाली मजदुरले चिनियाँले वार्तामा बोलाएर पिटेको गुनासो गरेका छन् ।
बुटवल–नारायणगढ सडक आयोजना अन्तर्गत दाउन्ने–गैडाकोट सडक खण्डका इञ्जिनियर तथा सूचना अधिकारी कष्ण आचार्यले माटो र डिजल चोरी गरेको अभियोग लगाएर १३ जनाको तबल रोक्का गरेको चिनियाँ ठेकेदार पक्षले जनाएको छ ।
नेपाली पक्षले चिनियाँले लगाएको चोरीको आरोप सिधै अस्वीकार गरेका छन् । नेपाली पक्षले चिनियाँहरूले आरोप लगाए जस्तो कुनै पनि सामग्री चोरी नगरेको बताएका छन् ।
नवलपुर प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउने जनाएको छ । १३ जना नेपाली मजदुर चालक र अपरेटरले डिजल, माटो चोरेको आरोप लगाएर चिनियाँहरूले २ महिनाको तलव नदिएपछि ८ दिनदेखि सडक निर्माणको काम ठप्प रहेको छ ।
सडकमा माटो पुर्न प्रयोग गरिएको ट्रकका चालक र अपरेटर मिलेर डिजल र सडक पुर्न ल्याइएको माटो चोरेर अन्यत्र बिक्री गरेको अरोप चिनियाँ पक्षको छ ।
त्यही आरोपमा चिनियाँहरूले १३ मजदुरको २ महिनादेखिएको तलब रोक्का गरेका छन् ।
बुटवल–नारायणगढ सडक फराकिलो पार्ने कामको जिम्मा लिएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड ( सिएससीइसी)ले हेल्चेक्राइ गरेका कारण सडक फराकिलो पार्ने काम फटाफट हुन सकेको छैन ।
बुटवल–नारायणगढ खण्ड फराकिलो पार्न १७ अर्बको लगानीमा चिनियाँ कम्पनीले निर्माणको जिम्मेवारी लिएको छ । कम्पनीले काम थालेको २ वर्ष पूरा भएको छ । काम भनेअनुसार अगाडि बढ्न सकेको छैन ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया