खेलकुद विभागले ललितपुरमा ठूलो राशीको किक बक्सिङ प्रतियोगिता गर्दै, देउवाले उद्घाटन गर्ने

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभाग तथा ललितपुर किक बक्सिङ संघले वीर गणेशमान सिंह स्मृति चौथो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता चैतको अन्तिम साता हुने भएको छ ।

ललितपुर जिल्लाको गोदावरी नगरपालिका– ११ प्याङ्गाउँचौर, चापागाउँमा चैतको २६, २७ र २८ गते तीन दिनसम्म प्रतियोगिता हुने खेलकुद विभागका सचिव एवम् नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिएका छन् ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् । समापनमा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले गर्नेछन् ।

प्रथम हुने खेलाडीलाई ३० हजार, द्वितीय हुने खेलाडीलाई १५ हजार र तृतीय हुने दुई जना खेलाडीलाई ८–८ हजार प्रदान गरिनेछ ।

टिम च्याम्पियनमा प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ५० हजार र तृतीय हुनेलाई २५ हजार प्रदान गरिनेछ ।

उत्कृष्ठ खेलाडी हुने महिला र पुरुष १–१ जनालाई जनही २५–२५ हजार प्रदान गरिनेछ ।

Published : Tuesday, 2021 March 16, 11:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया