आर्मी एएफसी फुटबलमा खेल्न पाउने, एपीएफ पनि प्रक्रियामा

काठमाडौं । नेपाल आर्मीको विभागीय टिम आर्मीले एएफसीको क्लब लाईसेन्स पाएको छ ।

लाईसेन्स प्राप्तिका लागि आवश्यक मापदण्ड पूरा गरेसंगै विभागीय टिमले एएफसीको क्लब लाईसेन्स पाएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिएका छन् ।

नेपालको इतिहासमा नै एएफसीको क्लब लाईसेन्स पाउने आर्मी पहिलो क्लव भएको अध्यक्ष शेर्पाले बताए ।

क्लब लाईसेन्स प्राप्त गरेसंगै आर्मीले एएफसीका प्रतियोगिता खेल्न पाउनेछ । फुटबल क्षेत्रको थप विकास लागि ढोका खुलेको उनले बताएका छन् ।

यसअघि आर्मीले तोकिएको मापदण्डमा केही कमजोरी भएपछि क्लब लाइसेन्सिङका लागि बनेको फस्र्ट स्ट्यान्ड बडीले आर्मीको आवेदन खारेज गरिदिएको थियो ।

त्यस बेला आर्मी छुट्टै फुटबल क्लबका रुपमा दर्ता भएको थिएन् । आर्मीले फुटबल क्लबका रुपमा दर्ता हुँदै पुन आवेदन दिएपछि अपील कमिटीले पुनर्विचार गरेको थियो ।

सबै मापदण्ड पूरा भएपछि आर्मीले लाइसेन्सिङ प्राप्त गरेको छ । एफन्फाका अध्यक्ष शेर्पाले आर्मीले एएफसीका प्रतियोगिता खेल्न पाउने भएपछि आफू अत्याधिक खुसी भएको प्रतिक्रिया दिएका छन् ।

यसैबीच, सशस्त्र प्रहरी बल, नेपालको एपीएफ क्लवले पनि एएफसी लाइसेन्सिङ प्राप्त गर्नका लागि प्रक्रिया शुरु गरेको छ ।

Published : Saturday, 2020 December 26, 8:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया