जर्मन क्लबका खेलाडीको विश्वलाई चकित पर्ने कीर्तिमान

लण्डन । च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डका खेलाडी एर्लिङ्ग ब्राउट हल्याण्डले कीर्तिमान बनाएका छन् ।

समूह ‘एफ’अन्तर्गत मंगलबार राति भएको खेलमा क्लब ब्रुगलाई ३–० ले पराजित गर्ने क्रममा डर्टमुण्डका लागि हल्याण्डले १८ र ६० औँ मिनेटमा गरि दुई गोल गरेका थिए ।

४५औँ मिनेटमा ज्याडन सान्चोले एक गोल गरेका छन् । हल्याण्ड च्याम्पियन्स लिगमा सबै भन्दा छिटो १५ गोल गर्ने खेलाडी बनेका छन् ।

२० वर्षका हल्याण्डले बोरुसियाका लागि यो सिजन १३ खेलमा १७ गोल गरिसकेका छन् । उनले च्याम्पियन्स लिगमा १२ खेलमा १५ गोल गरेका छन् ।

उनले रुड भान निस्टेल्य र रोबर्तो साल्डाडोले बनाएको कीर्तिमान भंग गरेका हुन् । उनीहरूले भन्दा सात खेल कममा हल्याण्डले १५ गोलको आँकडा पूरा गरेका हुन् ।

जित निकालेको बोरुसिया दुई खेल बाँकी हुँदा ९ अंकसहित समूहको पहिलो स्थानमा छ । जेन्टी सेन्ट पिटर्सबर्गलाई ३–१ ले पराजित गरेको लाजिओ ८ अंकसहित दोस्रो स्थानमा छ ।

Published : Wednesday, 2020 November 25, 1:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया