भक्तपुर र काभ्रेमा रक्तदान, कांग्रेसका नेता कार्यकर्ता सहभागी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले काभ्रे र भक्तपुर जिल्लामा अलग–अलग रक्तदान कार्यक्रम गरेको छ ।

ललितपुरबाट शुरु भएको साताव्यापी रक्तदान कार्यक्रमअन्तर्गत विभागले मंगलबार भक्तपुर र काभ्रेमा रक्तदान कार्यक्रमको गरेको विभागका सचिव एवम् कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिए ।

काभ्रेमा कांग्रेसको केन्द्रीय खेलकुद विभागका सदस्य चन्द्रबहादुर लामाको संयोजकत्वमा रक्तदान कार्यक्रम भएको थियो ।

भक्तपुरमा उमेश खड्काको संयोजकत्वमा रक्तदान भएको महर्जनले बताए ।

काभ्रेमा सम्पन्न रक्तदान कार्यक्रममा केन्द्रीय सदस्य शिव हुमागाइँ पूर्व सांसद तीर्थ लामा, तरुण दल जिल्ला अध्यक्ष दावा लामालाई विष्णु लामा, पञ्च लामा लगायतको उपस्थिति रहेको थियो ।

भक्तपुरमा जिल्ला सभापति दुर्लभ थापा, प्रदेश सांसद कृष्णलाल भँडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिति केन्द्रीय खेलकुद विभाग प्रमुख पूर्वमन्त्री मोहन बहादुर बस्नेत र विशेष अतिथि केन्द्रीय खेलकुद विभाग सचिव महर्जन रहेका थिए ।

विभागले साताब्यापी देशभरि रक्तदान कार्यक्रम गरिरहेको छ । खेलकुद गतिविधि पनि गर्दै आएको विभागले बिरामीको जीवन बचाउन रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

विभागले देशभरि वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, बलबहादुर राई, खुमबहादुर खडका, शैलजा आचार्य, भीमबहादुर तामाङ लागायतका नेताहरूको नाममा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने तयारी गरिरहेको विभागका प्रमुख बस्नेतले बताएका छन् ।

अबको ३ महिनापछि अन्तर्राष्ट्रिय कराते प्रतियोगिता गर्ने तयारी भएको विभागका सचिव महर्जन बताएका छन् ।

एक महिना अगाडि विभागले नेपालमा भएको १३औँ सागगेममा स्वर्ण पदक हासिल गर्ने खेलाडीहरूलाई जनही १० हजार नगद पुरस्कारको सम्मान दिएको थियो ।

Published : Tuesday, 2020 November 24, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया