दुर्गा प्रसाइँले बल्ल गरे राम्रो काम, विप्लवको छोरालाई सिकाए औकात

काठमाडौं । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दको सातो लिएका छन् ।

एउटा अन्तर्वार्तामा प्रकाशले प्रसाइँलाई मेडिकल माफिया भन्दै कारबाही गर्ने चेतावनी दिएपछि प्रसाइँले प्रकाशको सातो लिएका हुन् । प्रकाश र प्रसाइँबीच भएको टेलिफोन सम्वादमा दुबैबीच भनाभन भएको छ ।

प्रकाशले प्रसाइँलाई ‘थु…’ भनेर थुकेका छन् । प्रसाइँलाई धम्काउँदै प्रकाशले भनेका छन्, ‘तपाईलाई काराबही गर्न विप्लवको धम्की आवश्यक पर्दैन । प्रकाश काफी छ ।’

टेलिफोनमा सम्वाद हुने क्रममा प्रकाश र प्रसाइँबीच तँ भन्नेसम्मको कुरा भएको छ । प्रसाइँले प्रकाशलाई अपराधीसम्म भनेका छन् । त्यसको जवाफमा प्रकाशले तपाईलाई काराबही गर्न अब मजा आउँछ भनेका छन् ।

‘तेरो बाउले मसँग पटक–पटक चन्दा लगेको छ’, प्रसाइँले भनेका छन्, ‘म त र तेरो बाउसँग भिड्नका लागि लागेको छु ।’ प्रकाशले मुख छाडेर घिसारेर कारबाही गर्छु भनेपछि प्रसाइँले नङ्ग्याएका हुन् ।

प्रकाशले भनेका छन्, ‘तपाईको औकातलाई ठेगान लगाउन सक्छु । श्रीकृष्ण गिरीसँग कुरा गरेको होइन प्रकाश चन्दसँग कुरा गरेको हो, दुर्गा प्रसाइँजी ।’

प्रसाइँले प्रकाशलाई फ्याउरो भनेर जेमन लाग्यो त्यो गर्न चुनौति दिएका छन् ।

‘प्रचण्ड र ओलीलाई मार्सी चामल खुवाएर माफिया बन्ने’, प्रकाशले भनेका छन्, ‘तपाई आउने होइन घिसारेर ल्याउने हो । तपाई प्रकाश चन्दसँग बोल्दै हुनु हुन्छ । तपाईको सेखी झार्न सक्छु । ए दुर्गा प्रसाइँजी घिसार्छु ।’

‘खुइल्याउनको लागि केही गर्नुपर्दैन । तपाईको दिन अब आउनेछ । हेर्नु होला । तपाईलाई धेरै महँगो पर्छ’, प्रकाशले चेतावनी शैलीमा भनेका छन्, ‘त्यहीका जनताले घिसार्छन् ।’

प्रकाशले भनेका छन्, ‘दुर्गा प्रसाइँ माफिया, गुण्डागर्दीलाई ठेगान लगाउन बाउको धम्की चाहिन्छ ? राज्य र व्यवस्थासँग लडेको व्यक्तिले मार्सी चामलको भात बेच्नेलाई कारबाही गर्न विप्लव चाहिन्न । मैले घिसार्छु । भिखारी, कुत्तालाई विप्लवको धम्की दिनुपर्दैन । श्रीकृष्ण गिरीहरूलाई धम्काए जस्तो होइन ।’

प्रसाइँले पनि प्रकाश र विप्लवको हर्कतहरू खुइल्याइदिएका छन् । प्रसाइँले प्रकाशलाई तँ भन्नुका साथै विप्लवले चन्दा लिएको देखि सबै हर्कतहरूको पर्दाफास गरिदिएका छन् । प्रसाइँका सामू प्रकाश आक्रोशित त भएका छन् । तर, जवाफ दिन सकेका छैनन् । प्रकाशले प्रसाइँलाई कारबाहीको धम्की पटक–पटक दिएका छन् ।

प्रसाइँले पनि चेतावनी शैलीमा प्रकाशलाई भनेका छन्, ‘आमाको दुध खाएको हो भने घिसारेर देखाउ ? सुनिल शर्मालाई खबरदार गरे जस्तो होइन, बसरुद्धिन अन्सारीलाई खबरदारी गरे जस्तो होइन । दुर्गा प्रसाइँ माफिया भन्ने ? तँ अपराधी । तेरो बाउलाई पटक–पटक चन्दा दिएको छु ।’

‘बसरुद्धिन अन्सारी र हरिशचन्द्र न्यौपानेलाई धम्काए जस्तो होइन । त फ्याउरो होस् । देशद्रोही, फटाहा तिमीहरू हो’, प्रसाइँले प्रकाशको सातो लिँदै भनेका छन् ।

विप्लवका छोरा प्रकाशले बेलाबेला मेडिकल कलेजका सञ्चालकहरूलाई धम्काउँदै आएका छन् । प्रकाशसँग मेडिकल सञ्चालकहरू आजित बनेका छन् ।

प्रकाशले आफ्ना सार्वजनिक अभिव्यक्तिहरूमा पनि आपत्तिजनक कुरा बोल्ने गरेका छन् ।

प्रसाइँसँगको आपत्तिजनक धम्कीसहितको टेलिफोन सम्वाद सार्वजनिक भएको छ । तर, प्रहरी प्रशासनले प्रकाशलाई पक्राउ गर्ने वा कारबाही गर्नेसम्मको हिम्मत गरेको छैन ।

प्रसाइँले हिम्मत गरेर प्रकाशको सातो लिएका छन् । प्रकाशको सातो लिए वापत प्रसाइँले विप्लवबाट कति मूल्य चुकाउनु पर्ने हो समयले बताउनेछ । चाहे जे भए पनि प्रसाइँले बाउछोरा विप्लव र प्रकाशसँग भिडेर हिम्मत देखाएका छन् ।

प्रसाइँका कतिपय कमजोरी वा गल्ती हुन सक्ला । प्रकाशको धम्कीबाट यस पटक डराएका छैनन् । हिम्मत देखाएर सातो लिएका छन् ।

Published : Wednesday, 2020 November 11, 9:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया