मुख्यमन्त्रीको गाडीमा ढुंगा प्रहार

बुटवल । राजधानी सारेको विरोधमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा बुटवलमा ढुंगा प्रहार भएको छ ।

मुख्यमन्त्रीको गाडीमा ढुंगा प्रहार गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेशको नामाकरण र राजधानी सार्ने प्रस्तावप्रति बुटबलमा लगातार आन्दोलन भइरहेको छ ।

काठमाडौंबाट बुटवल फर्किँदै गरेका पोखरेललाई लक्षित गर्दै बुटवलमा ढुंगा प्रहार गरिएको थियो ।

प्रदेश ५ का डीआईजी रवीन्द्र धानुकले दिएको जानकारीअनुसार मन्त्री पोखरेल र उनको पछुवा गाडीमा एक एकवटा ढुंगा लागेको थियो ।

उनको गाडीमा ढुंगा प्रहार गर्ने ९ जनालाई नियन्त्रणमा लिइएको धानुकले जानकारी दिए ।

भैरहवाबाट बुटवलतर्फ जाँदै गरेका पोखरेललाई बाटो बाटोमा कालोझण्डा देखाइएको थियो ।

Published : Sunday, 2020 October 4, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया