नेयमारलाई फुटबल खेलमा प्रतिबन्ध
लण्डन । फुटबल खेलाडी नेयमारलाई दुई खेलमा प्रतिबन्ध लागेको छ ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमारलाई दुई खेलको प्रतिबन्ध लागेको हो ।
मार्सेलीविरुद्धको आइतबार राति भएको फुटबल खेलमा रातो कार्ड पाएका नेयमारलाई दुई खेलमा प्रतिबन्ध लागेको छ ।
पीएसजीका ३ र मार्सेलीका २ खेलाडीले रातो कार्ड पाएका छन् । ईन्जुरी समयमा दुई पक्षका खेलाडीबीच झडप समेत भएको थियो ।
झडप भएपछि रेफ्रीले पीएसजीका नेयमार, लिएन्ड्रो परेडेस र लेविन कुर्जावालाई रातो कार्ड देखाएका थिए ।
मार्सेलीका जोर्डन अमावी र डेरियो बेनेडेटोलाई रेफ्री रातो कार्ड दिएका थिए ।
नेयमारले मार्सेलीका अल्भारो गोन्जालेजको टाउकोमा हिर्काएको पाइएपछि रेफ्रीले उनलाई मैदानबाहिर पठाएका थिए ।
पीएसजीका कुर्जावालाई ६ खेलमा प्रतिबन्ध लागेको छ । नेयमार र परेडेसलाई समान दुई खेलमा प्रतिबन्ध लागेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया