चीनलाई भारतले दियो झट्का, ‘पब्जी’सँग ‘फौजी’ले बदला लिने
नयाँदिल्ली । बलिउड अभिनेता अक्षय कुमारसँग मिलेर ‘कोर गेम्स’ नामक कम्पनीले ‘फौजी’ मोबाइल गेम ल्याउने भएको छ ।
भारतमा चिनियाँ गेमिङ एप पब्जीमा प्रतिबन्ध लगाएपछि मोबाइल गेमलाई पब्जीको प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।
अक्टोबरको अन्तिमसम्ममा बजारमा ‘फौजी’ गेम आउनेछ । कम्पनीका संस्थापक विशाल गोन्डलले रोयटर्ससँग गेमको पूरा नाम ‘फियरलेस एण्ड युनाइटेड गार्डस्’ रहेको बताएका छन् ।
गेम निर्माणको लागि लामो समयदेखि काम चलिरहेको उनले बताएका छन् । उनले गेमको पहिलो लेभल भारतको चीनसँगको सीमा विवाद रहेको गलवान घाटीमा आधारित रहेको बताएका छन् ।
तनाव बढेसँगै भारतले लोकप्रिय गेमिङ एप पब्जीसहित चिनियाँ कम्पनीले निर्माण गरेका ११८ अन्य मोबाइल एपमा बुधबार प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
भारतमा पछिल्लो वर्षयता पब्जी निकै लोकप्रिय रहँदै आएको छ । विश्वभर पब्जी खेल्नेमध्ये करिब २५ प्रतिशत भारतीय छन् । चीनमा १७ र अमेरिकामा ६ प्रतिशत प्रयोगकर्ता पब्जी खेल्छन् ।
बलिउड अभिनेता अक्षय कुमारले गेमको नाम ‘फौजी’ नामाकरण गरेका हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया