क्रिष्टियानो रोनाल्डोलाई माहुरीले टोकेपछि घाइते

लण्डन । फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोको खुट्टामा चोट लागेका कारण क्रोएसियासँगको खेलबाट बञ्चित भएका छन् ।

युरोपियन नेशन्स लिगअन्तर्गत शनिबार राति भएको क्रोएसियासँगको खेलमा रोनाल्डो खेल्न पाएनन् । उनको गोडामा समस्या आएका कारण खेल्न नपाएका हुन् ।

राष्ट्रिय टिमबाट गएको नोभेम्बरमा ९९औँ गोल गरेका उनी खेल्न नपाए पनि पोर्चुगलले क्रोएसियामाथि ४–१ को जित दर्ता गर्न सफल भएको छ ।

राष्ट्रिय टिमबाट १००औँ गोल गर्ने अवसरका लागि अझै रोनाल्डोले पर्खिनुपर्ने भएको छ ।

माहुरीले टोकेका कारण उनी टिममा समावेश भएर पनि खेल्न नपाएको समाचारमा उल्लेख छ ।

रोनाल्डोको दायाँ गोडामा माहुरीले टोकेको छ । माहुरीले टोकेको स्थानमा इन्फेक्सन भएको छ ।

मंगलबार हुने स्वीडेनसँगको खेलमा उनी खेल्न सक्ने सम्भावना पनि कम रहेको छ ।

प्रशिक्षण गरिरहेका रोनाल्डोलाई बुधबार माहुरीले टोकेको थियो । इन्फेक्सन भएकाले निको हुन कति समय लाग्छ भन्ने यकिन नरहेको प्रशिक्षक फेर्नान्डो सान्तोसले बताएका छन् ।

गोडामा इन्फेक्सन भएको भए पनि रोनाल्डो टिमको हौसला बढाउनका लागि रंगशालमा उपस्थित भएका थिए ।

मास्क फुकालेर रंगशालमा बसेका रोनाल्डोलाई खेल पदाधिकारीले आएर मास्क लगाउन भनेको भिडियोमा देखिन्छ ।

Published : Sunday, 2020 September 6, 8:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया