मेसीले बार्सिलोना तत्काल नछाड्ने

लण्डन । फुटबल खेलाडी लिओनल मेसीले बार्सिलोना क्लब छाड्न नचाहेको बताएका छन् ।

बार्सिलोनाले जारी गरेको रिलिज क्लज तिर्न अन्य क्लबका लागि सम्भव नहुने उनले बताएका छन् ।

आफूलाई मुद्दा लड्ने चाहना नभएकाले क्लबमै बस्ने मेसीले बताएका छन् ।

३३ वर्षीय मेसीले गएको साता आफूले क्लबसँगको करिअर टुंग्याउन चाहेको बताएका थिए । रिलिज क्लजको सर्त हटाउन बार्सिलोनालाई आग्रह गरेका थिए ।

बार्सिलोना मेसीको ७ सय मिलियन युरोको रिलिज क्लज हटाउन तयार नभएपछि मेसीले क्लबमै बस्ने बताएका हुन् ।

मेसीले बार्सिलोनासँग सन् २०१७ मा २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए ।

सो सम्झौतामा चार वटै सिजनको अन्त्यमा चाहेको अवस्थामा क्लब छाड्न सक्ने बुँदा उल्लेख रहेको मेसीका वकिलको दाबी छ ।

बार्सिलोनाले भने सिजनको अन्त्य जुन मध्यमा हुने भएकाले सो बुँदाको कानुनी आधार सकिएको बताउँदै गएको छ ।

कानूनी आधार सकिएको अवस्थामा मेसीलाई भित्र्यान चाहने क्लबले ७ सय मिलियन युरो तिर्नुपर्ने भन्दै बार्सिलोनाले रिलिज क्लजको शर्त राखेको छ ।

Published : Saturday, 2020 September 5, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया