ग्राण्डस्ल्याममा ओसाका अघिल्लो चरणमा प्रवेश

न्युयोर्क । ग्रान्डस्ल्याम टेनिस प्रतियोगिता युएस ओपनमा विश्व नम्बर एक नोभाक जोकोविच पुरुष एकलमा चौथो चरणमा प्रवेश गरेका छन् ।

जोकोविचले जान लेनार्ड स्टुर्फलाई सोझो सेटमा पराजित गर्दै चौथो चरणमा स्थान पक्का गरेका हुन् ।

उनले ६–३, ६–३ र ६–१ ले पराजित गरेर अघिल्लो चरणमा स्थान बनाएका हुन् । १८औं ग्रान्डस्ल्याम जित्ने अभियानमा रहेका जोकोविच २०२० मा अपराजित छन् ।

अब उनले चौथो चरणमा स्पेनका २०औं वरीयताका पाब्लो कारेनो बुस्टासँग खेल्नेछन् ।

महिला एकलमा जापानकी नाओमी ओसाका जित हात पारेर अघिल्लो चरणमा पुगेकी छिन् ।

चौथो वरीयताकी २२ वर्षीया ओसाकाले मार्ता कोस्टयुलाई ६–३, ६–७, ४–७ र ६–२ ले पराजित गरेकी हुन् ।

Published : Saturday, 2020 September 5, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया