चेल्सीले हाभर्टेजलाई ७२ मिलियन पाउण्ड दिने

लण्डन । इंग्लिस क्लब चेल्सी जर्मन क्लब बायर लिभरकुसनका फरवार्ड काई हाभर्टेजलाई अनुबन्ध गर्ने भएको छ ।

यसअघि नै उनी चेल्सीमा आउने भनिएपनि सम्झौतामा पुग्न सकेको थिएन ।

शुक्रबार हाभर्टेजले चेल्सीमा अनुबन्धित हुनका लागि जर्मन क्याम्प छाडेका छन् । उनी यतिबेला युईएफए नेसन्स लिग फुटबलका लागि जर्मनको राष्ट्रिय टोलीमा समावेश रहेका छन् ।

उनले चेल्सीसँगको सम्झौता प्रक्रिया पूरा गर्नका लागि जर्मनको राष्ट्रिय टोलीबाट विशेष अनुमति लिएका छन् ।

चेल्सीले हाभर्टेजलाई करिब ७२ मिलियन पाउन्ड तिर्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । गत सिजनमा उनले बायर लिभरकुसेनका लागि १८ गोल गरेका थिए भने ९ वटा गोलका लागि अवसर सिर्जना गरेका थिए ।

उनलाई अनुबन्ध गर्नका लागि रियल मड्रिड र बायर्न म्युनिख पनि प्रतिस्पर्धामा थिए । तर चेल्सीले यो दौडमा सबैभन्दा अगाडि देखिएको हो ।

Published : Friday, 2020 September 4, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया