नेमारसहित चर्चित तीन फुटबल खेलाडीलाई कोरोना

लण्डन । तीन जना चर्चित फुटबल खेलाडीहरू नेमार, डी मारिया र लिएनार्दो पाराडेसलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेमार, मिडफिल्डर डी मारिया र लिएनार्दो पाराडेसलाई कोरोना संक्रमण भएको हो ।

क्लबले सबै खेलाडीको कोरोना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको थियो ।

उनीहरू फुटबल सिजन सकिएपछि सँगै बिदा मनाउन स्पेनिस आइसल्याण्डमा गएका थिए ।

उनीहरूसँगै गएका एण्डर हेरेरा, माउरो इकार्डी र केलर नाभासको स्वास्थ्य अवस्थाबारे भने जानकारी आएको छैन ।

च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिकसँग पराजित भएको केही दिनमा नै उनीहरू बिदा मनाउन गएका थिए ।

Published : Wednesday, 2020 September 2, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया