कांग्रेसको महिला विभाग गठन, संयोजक न्यौपाने, सचिवमा खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३८ सदस्यीय केन्द्रीय महिला विभाग गठन गरेका छन् ।

पार्टीको विधान बमोजिम देउवाले सोमबार ‘नेपाली कांग्रेस केन्द्रीय महिला विभाग’मा गठन गरेका हुन् । कांग्रेसको केन्द्रीय कार्यसमितिले यसअघि नै महिला विभागको संयोजकमा ईश्वरी न्यौपानेलाई तोकेको थियो ।

विभागको सचिवमा सुनसरीकी लक्ष्मी खतिवडा मनोनीत भएकी छिन् ।

सदस्यहरूमा काठमाडौंकी अनार बस्नेत, गोर्खाकी अम्विका न्यौपाने, काठमाडौंकी ईन्दिरा कोइराला, कञ्चनपुरकी कल्पना केसी, काठमाडौंकी कृष्णकुमारी बस्नेत, सुर्खेतकी खगेश्वरा आचार्य, स्याङजाकी खगेश्वरी भण्डारी, बागलुङकी खगेश्वरी शर्मा, कपिलवस्तुकी गुणलक्ष्मी ज्ञवाली, रुपन्देहीकी जन्नतुन निशा धुनियाँ, रोल्पाकी टीकाकुमारी बुढा थापा मगर रहेका छन् ।

चितवनकी ठाकुरकुमारी पौडेल, पसौकी दुर्गादेवी महतो, प्यूठानकी धनलक्ष्मी श्रेष्ठ, मुगुकी धनशिला मल्ल, महोत्तरीकी नगिना यादव, डडेल्धुराकी नारुदेवी ओझा, दैलेखकी निर्मला खड्का, मोरङकी पार्वती यादव, धनुषाकी पुष्षलता लामा, चितवनकी प्रेमकुमारी तामाङ्ग, रुपन्देहीकी मनोरमा शेरचन सदस्यमा मनोनीत भएका छन् ।

सुनरीकी ममता तामाङ्ग, सर्लाहीकी यशोदा चालिसे, डोल्पाकी रमादेवी न्यौपाने, बाजुराकी राधिका सिंह, कैलालीकी रीता चौधरी, पर्वतकी रेखा गुरुङ्ग, कैलालीकी ललिता सुनार, नुवाकोटकी लालीमाया तामाङ्ग, रामेछापकी शकुन्तला त्रिपाठी, मकवानपुरकी शर्मिला श्रेष्ठ, कास्कीकी शारदा पौडेल, दाङकी सुशीला थापा, सप्तरीकी सुशीला यादव, बाँकेकी संगीता चौधरी, पाँचथरकी सावित्री गुरुङ्ग सदस्यमा मनोनीत भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Published : Monday, 2020 July 20, 5:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया