ओली सरकार भारतले नै टिकाएकाे प्रचण्डका मान्छेकाे खुलासा, खुमलटारबाट बाहिरियाे तथ्य

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भारतले नेकपालाई फुटाउन चलखेल गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार बिहान स्टाटस लेखेर भारत सरकार ढाल्नेभन्दा पनि नेकपालाई फुटाउने अभियानमा लागेको आरोप लगाएका हुन् । उनले भारत र अमेरिकाका लागि केपी ओली नेतृत्वको सरकार अनुकूल रहेको बताएका छन् ।

‘तपाई मान्नुस् या नमान्नुस् भारत र अमेरिका यहि सरकारको पक्षमा छन्’, उनले भनेका छन्, ‘भारत एउटालाई हटाएर अर्को बनाउनेमा होइन, नेकपालाई ढाल्ने योजनामा छ’, संयोजक सापकोटाले भने, ‘कम्युनिष्ट मुभमेन्ट नै सेबोटेज गर्ने रणनीतिमा छ ।’

‘यो रणनीतिलाई सहयोग पु¥याउन भारतीयहरू ढाल्न होइन, जोगाउन लागिपरेका छन्’, सापकोटाले भने, ‘अमेरिका एमसीसी पारित गराउन यहि सरकार अनुकूल देख्दछ ।’

‘सरकार ढाल्न लागेका त हाम्रा पार्टीका आदरणीय अध्यक्ष केपी ओलीका कट्टर समर्थकहरू हुन्’, उनले भने, ‘उनीहरू आफ्ना स्वार्थका लागि प्रधानमन्त्रीको भावनामाथि खेलिरहेका मात्रै छैनन्, अनावश्यक उक्साइरहेका छन् । प्रधानमन्त्रीलाई उत्तेजित बनाइरहेका छन् ।’

‘विदेशीहरूले सरकार ढाल्न लागिपरे भन्ने को–कोहोलो खारेज गरौं’, उनले भने, ‘अतिवादी समर्थकबाट पार्टी र नेतालाई जोगाउँ ।’

संघको संयोजक सापकोटा नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् । पूर्वमाओवादी पृष्ठभूमि भएका सापकोटालाई प्रचण्डले अत्यन्तै विश्वास गर्छन् ।

प्रचण्डका विश्वासपात्र समेत रहेका संघका संयोजक एवम् नेकपाकै जिम्मेवारी व्यक्तिबाट आएको यो अभिव्यक्तिलाई खुमलटारको अस्त्रका रुपमा हेरिएको छ ।

Published : Monday, 2020 July 20, 9:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया