कांग्रेस सक्रिय हुन थालेपछि पौडेल समूहलाई तनाब, देउवासँग वार्ता गर्न टोली गठन

काठमाडौं । नेपाली कांग्रेसका विभागहरू सक्रिय भएर पार्टीका नेता तथा कार्यकर्ताहरू चलायमान हुन थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अबरोध सिर्जना गर्न थालेका छन् ।

पौडेल समूहका नेताहरूको बुधबार काठमाडौंको अनामनगरमा भएको भेलाले विभागहरू गठनको विरोध गरेको हो । पौडेल समूहले १४औँ महाधिवेशनलाई प्रभावित बनाउन विभागहरू धमाधम गठन गरेको आरोप सभापति शेरबहादुर देउवालाई लगाएको छ ।

विभागहरू गठन नगर्न पौठेल समूहले सभापति देउवालाई दवाव दिने निस्कर्ष निकालेको छ । पाैडेल समूहले भनेअनुसारकाे भाग नपाएपछि विभाग गठनकाे विराेध गरिरहेकाे छ । विभाग विस्तार हुन थालेपछि पाैडेल समूहका नेता तथा कार्यकर्ताहरूले विभागमा बस्न रूचि देखाएका बेला पाैडेल समूह हर्कतमा उत्रिएकाे छ ।

पौडेल समूहको भेलाले सभापति देउवाले पार्टी प्रवेशका नवप्रवेशीहरूलाई जथाभावी क्रियाशील सदस्यता वितरण गर्ने लागेको भन्दै रोक्न माग गरेको एक नेताले बताए ।

गोप्य भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शाशंक कोइराला, प्रकाशमान सिंह, अजुर्ननरसिंह केसी, डा.मीनेन्द्र रिजाल, दीलेन्द्रप्रसाद बडु, दीपक गिरी लगायतका नेताहरू सहभागी थिए ।

पौडेल समूहले देउवाले आफूसंग असहमत पक्षलाई अनुशासनका नाममा कारवाही गरेर तर्साउने काम गरेको आरोप पनि लगाएको छ ।

अर्जुननरसिंह केसीले महाविधेनशको मिति तय भइसकेपछि आचारसंहित समेत ख्याल नगरी सभापति देउवाले विभागहरू गठन गरेको भन्दै विरोध जनाएका छन् । उनले विभागहरू गठन नगर्न चेतावनी दिए ।

पार्टीका नेता कार्यकर्तामाथिको कारवाहीका विषयमा छलफल गर्न पौडेल समूहले वरिष्ठ नेता पौडेल, महामन्त्री डा.कोइराला र कोषाध्यक्ष सीतादेवी यादवको वार्ता टोली बनाएको छ । वार्ता टोलीले सभापति देउवासंग छलफल गर्नेछ ।

Published : Thursday, 2020 July 16, 7:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया