नेपालमा बसेर भारतको पक्ष लिने गिरीको सांसद पद खारेज, गिरीको घरमा रुवाबासी

काठमाडौं । लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको होइन भनेर भारतको पक्षमा अभिव्यक्ति दिने समाजवादी पार्टीकी सरिता गिरीको सांसद पद गुमेको छ ।

भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गर्दा समाजवादीकी सांसद गिरीले विरोध गरेकी थिइन् । लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर निसान छापसम्बन्धी संविधान संशोधनको विपक्षमा उभिदै संसद बैठक नै बहिस्कार गरेकी थिइन् ।

आफ्नै दलको ह्वीप उल्लंघन गरेर गिरीले भारतको समर्थनमा अभिव्यक्ति दिँदै आएकी थिइन् । समाजवादी पार्टी गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ ।

काठमाडौंमा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

समाजवादीका सचिव मोहम्मद इस्तियाक राईले गिरीलाई सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय भएको बताएका छन् । जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो ।

गिरीले ह्वीप उल्लंघन गरेको विषयमा छानबिन गर्न समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए । यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको थियो । भारतको बिहार राज्यमा माइत भएकी गिरी विवादित नेतृ हुन् ।

Published : Tuesday, 2020 July 7, 5:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया