काठमाडौंमा ‘ड्रायगन’को बिगबिगी, कम्युनिस्टभित्र खैलाबैला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राजनीतिक गतिविधिलाई तिब्रता दिएकी छिन् ।

कुटनैतिक मर्यादा विपरित चिनियाँ राजदूत यान्छीले मंगलबार नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छिन् । खनाललाई भेट्न डल्लुस्थित निवास पुगेकी थिइन् ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गरेकी चिनियाँ राजदूत यान्छीले नेकपाको विवाद मिलाउन दवाव दिएकी थिइन् ।

नेपालको आन्तरिक राजनीतिक मामिलामा चीनले पछिल्लो समय खुला रुपमै चलखेल गर्दै आएको छ ।

विश्वभरि ड्रायगनको उपाधि पाएको चीनले नेपालमा पनि कु–दृष्टि राखेको आरोप लागेको छ । नेपालका लागि चिनियाँ राजदूत यान्छीको गतिविधिले नेकपाभित्र खैलाबैला भएको छ ।

Published : Tuesday, 2020 July 7, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया